दिल्लीलाई १० विकेटले हराउँदै गुजरात प्ले अफमा प्रवेश

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को रोमाञ्चक मोडमा पुगेको प्रतियोगितामा गुजरात टाइटन्सले १० विकेटको प्रभावशाली जित निकाल्दै प्ले अफको यात्रा सुनिश्चित गरेको छ । आइतबार दिल्ली क्यापिटल्सविरुद्धको खेलमा शुभमन गिल र साइ सुदर्शनको अविजित शतकीय साझेदारीको बलमा गुजरातले एकपक्षीय जित हासिल गरेको हो ।

दिल्लीले प्रस्तुत गरेको २ सय रनको चुनौतीलाई गुजरातले १९ ओभरमै विना कुनै विकेटको क्षति पूरा गर्दै इतिहास रच्यो । ओपनरद्वय शुभमन गिल र साइ सुदर्शनको ब्याटिङ कौशलले दिल्लीका बलरहरूलाई पुरै निरुत्तर बनायो ।

शुभमन गिलले ६१ बलमा १२ चौका र ४ छक्का प्रहार गर्दै नटआउट १०८ रन बनाए। उता, सुदर्शनले ५३ बलमा ९३ रनको विस्फोटक योगदान दिए । दुबै ब्याट्सम्यानको संयमित र आक्रामक खेलको फलस्वरूप गुजरातले १० विकेटको फराकिलो जित दर्ज गर्‍यो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । दिल्लीका तर्फबाट केएल राहुलले ६० बलमा १२ चौका र ४ छक्कासहित अविजित ११२ रनको कप्तानी पारी खेले । अभिषेक पोरेलले ३० रन तथा ट्रिस्टान स्टब्सले अविजित २१ रन बनाए । गुजरातका अर्सद खान, प्रसिद्ध कृष्णा र साइ किशोरले समान रूपमा १-१ विकेट लिए ।

प्ले अफ समीकरण
यो जितसँगै गुजरात १८ अंकसहित अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । १७/१७ अंक बनाएका आरसीबी र पन्जाब सुपर किङ्स पनि प्ले अफमा प्रवेश गरेका छन् ।

अहिले बाँकी रहेका एक स्थानका लागि दिल्ली, मुम्बई र लखनउबीच प्रतिस्पर्धा जारी छ । मुम्बईसँग १४, दिल्लीसँग १३ र १० खेल खेलेको लखनउसँग १० अंक छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =