राजस्थानमाथि पञ्जाबको रामोञ्चक जित, प्लेअफ नजिक

काठमाडौं । आइपिएल २०२५ अन्तर्गत पञ्जाब किंग्स प्लेअफ नजिक पुगेको छ । आइतबार साँझ सकिएको खेलमा पञ्जाबले राजस्थान रोयल्समाथि १० रनको जित निकाल्यो ।
जितसँगै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको पञ्जाबले १७ अंक बनायो । अन्तिम दुई खेलअघि शीर्ष स्थानको रोयल्स च्यालेन्जर्स बेगलुरुको पनि १७ अंक नै छ । राजस्थान भने बाहिरिसकेको छ ।
पहिले ब्याटिङ गरेको पञ्जाबले ५ विकेटको क्षतिमा २१९ रन बनायो । जवाफी ब्याटिङ गरेको राजस्थानले ७ विकेटको क्षतिमा २०९ रन बनायो ।
राजस्थानका लागि ओपनरद्वय यशस्वी जैसवालले २५ बलमा ५० रन र वैभव सूर्यवंशीले १५ बलमा ४० रन बनाए । त्यसपछि ध्रुव जुरेल ३१ बलमा ५३ रन जोडेर आउट हुँदा राजस्थानको आसा सकियो ।
बलिङमा पञ्जाबका हरप्रीत बरारले ३ विकेट लिए । त्यसअघि पञ्जाबका लागि नेहाल वढेराले ३७ बलमा ७० रन र शशांक सिंहले ३० बलमा नटआउट ५९ रन बनाए ।








