राष्ट्रिय हक्की प्रतियोगितामा आर्मीको दुई जित

काठमाडौं । विभागीय टोली त्रिभूवन आर्मी क्लवले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार नै दुई सफलता प्राप्त गरेको छ ।

नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी शुरुवात गरेका हुन् । पुरुषतर्पm समूह ‘ए’ मा रहेको आर्मीले गण्डकी प्रदेशमाथि ३–० गोलको जित निकाल्दै सुखद् शुरुवात गरेको हो ।

आर्मीको जितमा प्रदीप राजवंशी, काशिराज राई र देव सिंह धामीले गोल गरे । आर्मीको जितमा रोशन चौधरी प्लेअर अफ दी म्याच भए ।

लिगकम नकआउटका आधारमा भएको यस समूहमा आर्मी र गण्डकीसँगै मधेस र कोशी प्रदेश छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लव, कर्णाली प्रदेश, एपिएफ र बागमती छन् । एपिएफ हक्कीमा नयाँ टिम हो ।

समूह ‘बी’ पुलिसले पनि कर्णाली प्रदेशलाई ९–० ले हराउँदै सुखद सुरुआत गरेको छ । पुलिसको जितमा आयुस शाह र सुरेशप्रसाद जोशीले दुई तथा शंकर घर्तीमगर, नवराज खत्री, सुरज बोहोरा, काशिराम खत्री र अमित ओझाले समान एक गोल गरे । दुई गोल गरेका आयुस प्लेअर अफ दी म्याचसमेत भए ।

महिलामा भने नेपाल आर्मी, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश मात्र सहभागी छन् । यस प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा प्रतिष्पर्धा हुँदैछ । राउन्ड रोबिन लिगपछि शिर्ष दुई स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ ।

यसमा आर्मीले पहिलो खेलमा मधेश प्रदेशमाथि ७–० गोलको रबाफिलो जित निकालेको छ । दुई खेलाडी सीमा खड्का र कमला चन्दले ह्याट्रिक पूरा गरेपछि आमीले सहज जित दर्ता ग¥यो । निलिमा पाण्डेको नाममा एक गोल रह्यो । पुलिसकी कमला चन्द प्लेअर अफ दी म्याच घोषित भइन् ।

त्यसअघि प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, बोर्ड सदस्यद्वय अञ्जन धमला र जगतसिंह धामी तथा बोर्डकी कार्यकारी सदस्य तथा संघकी महासचिव सुवर्ण श्रेष्ठलगायतले गरेका थिए ।

सो अवसरमा संघका उपाध्यक्ष मनीष झालगायत विभिन्न खेलका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो । संघको वार्षिक कार्यक्रमअनुसार शुरु राष्ट्रिय पुरुष हक्की वैशाख २६ गतेसम्म तथा राष्ट्रिय महिला हक्की प्रतियोगिता वैशाख २६ गतेसम्म हुनेछ ।

पुरुष तथा महिला दुवै प्रतियोगितामा शिर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =