साँफेहाट बजारमा आगलागी, १० पसल पूर्ण रूपमा जलेर नष्ट
२०८२ वैशाख १३ गते

काठमाडौं । अछाम जिल्लाको प्रमुख व्यापारिक क्षेत्र साँफेहाट बजारमा शनिबार बिहान भीषण आगलागी हुँदा ठूलो मात्रामा धनमालको क्षति भएको छ । बिहान करिब ३:३० बजे सुरु भएको आगोले १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
साँफेबगर नगरपालिका-३ मा रहेको सुवेच्छा होटलबाट सुरु भएको आगोले आसपासका किराना, कपडा, मोबाइल, फलफूल लगायतका पसलहरूलाई समेत लपेटमा लिएको हो । स्थानीय व्यवसायीहरूका अनुसार आगो एकाएक फैलिँदा नियन्त्रण गर्न सकिने सम्भावना नै रहेन ।
जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरी प्रसाद भण्डारीले आगलागीको सम्भावित कारण विद्युत् सर्ट भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दि ए। यद्यपि, घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको र क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।
२०८२ वैशाख १३ गते
प्रतिक्रिया
सम्बन्धित








