ब्राजिलका फुटबलर कार्लोस जेभिर्यस कलेजमा
२०८२ वैशाख १० गते

काठमाडौं । ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टाे कार्लोस कालोपुलस्थित जेभिर्यस इन्टरनेशनल कलेज पुगेका छन् ।
नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौँ आएका कार्लोस आज सो कलेजमा पुगेर विद्यार्थीसँग अन्तरक्रिया पनि गरेका हुन् ।
उनलाई कलेजका सञ्चालक लोकबहादुर भण्डारी, गोपाल भण्डारीलगायतले स्वागत गरेका थिए ।
सञ्चालक भण्डारीले अध्यापन र खेलकुद सधैँ हाम्रो प्राथमिकतामा पर्ने भएकाले कार्लोसको आगमनले आफूहरू हर्षित भएको बताए ।
२०८२ वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित








