राष्ट्रिय परीक्षा बोर्डले बोलायो बैठक, कक्षा १२ को परीक्षा मितिबारे टुंगो लाग्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी महत्वपूर्ण निर्णय गर्न आज बैठक बाेलाएकाे छ । शिक्षकहरूको जारी आन्दोलनले शिक्षाको वातावरण प्रभावित भइरहेका बेला बोर्डले परीक्षा सञ्चालन गर्ने वा नगर्ने विषयमा छलफल गर्न बैठक डाकेको हो ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षा सम्बन्धी अन्तिम निर्णय आजको बैठकबाट आउने जानकारी दिए । हालै शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षकहरू आन्दोलनमा उत्रिएपछि शिक्षण कार्य ठप्प छ । शिक्षक महासंघको अगुवाइमा गत चैत २० गतेदेखि सुरु भएको आन्दोलनले राजधानीको माइतीघर–बानेश्वर सडक खण्डलाई प्रदर्शनस्थल बनाएको छ ।

शिक्षकहरू १८ प्रकारका सेवाश्रेणीभित्र रहेका शिक्षकहरूलाई एकीकृत गर्नुपर्ने, शिक्षा ऐन तत्काल ल्याइनुपर्ने जस्ता माग राख्दै आन्दोलनरत छन् ।

यद्यपि, सरकार र महासंघबीच पटक-पटक संवाद भएका छन्, तर कुनै ठोस सहमति हुन नसकेको अवस्था छ । यसबीचमा कक्षा १२ को परीक्षा सञ्चालन असमञ्जसमा परेको छ, जसको टुंगो आजको बैठकले लगाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + five =