चलचित्र ‘कुम्भ’ को औपचारिक घोषणा

काठमाडौँ । लामो समय देखि म्युजिक भिडियो निर्देशन तथा चलचित्रको छायांकनमा सक्रिय निर्देशक रन्धिर श्रेष्ठले ठुलो पर्दाको सिनेमामा डेब्यु गर्ने भएका छन् ।
रङ्गहरूको पर्व होलीको अवसर पारेर उनको लेखन तथा निर्देशनमा निर्माण हुने चलचित्र ‘कुम्भ’ को औपचारिक घोषणा गरिएको छ ।
एक्सन जनरामा बन्ने चलचित्र ‘कुम्भ’ को फर्स्ट लुक पोस्टर समेत सार्वजनिक गरिएको छ । सार्वजनिक फर्स्ट लुकमा चलचित्र ४ मुख्य पात्रलाई स्थान दिइएको छ । एक जना मुख्य पात्र घोडामा सवार छन् ।
नवनायक अशोक आर्यन, अभिनेता सुनिल थापा, सुशील पोखरेल, अफ्सना थापा तथा रोहित रुम्बा चलचित्रमा अनुबन्धित भई सकेका छन् ।
चलचित्रको लागी मुख्य नायिकाको खोजी भई रहेको निर्माण टिमले बताएको छ । चलचित्र चैत दोस्रो साता देखि फ्लोरमा जाने तयारीमा रहेको छ । रन्धिर श्रेष्ठकै छायांकन रहने यस चलचित्रमा द्वन्द सम्राट् बस्नेतको रहनेछ । रन्धिर श्रेष्ठ र राजेश साह निर्माता रहेको चलचित्रको सह निर्माता ध्रुवराज पराजुली रहेका छन् । इश्वर बल्लभ उप्रेती कार्यकारी निर्माता हुन् ।








