साफ च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक
२०८१ फागुन २७ गते

काठमाडौं । भारतमा आयोजना हुने साफ यु–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल र भारत एकै समूहमा परेका छन् ।
काठमाडौंको सोल्टी होटलमा मंगलबार आयोजित एक कार्यक्रम सार्वजनिक गरिएको ‘ड्र’ मा नेपाल समूह ‘बी’ मा परेको हो । नेपालको समूहमा भारतसँगै श्रीलङ्का छ ।
त्यस्तै समूह ‘ए’ मा माल्दिभ्स, भुटान र साविक विजेता बङ्गलादेश छन् । यस प्रतियोगितामा पाकिस्तान भने सहभागी हुने छैन । भारतको अञ्चल प्रदेशमा हुने उत्त प्रतियोगिता अगामी मे ९ देखि १८ तारिखसम्म हुने तय भएको छ ।
२०८१ फागुन २७ गते
प्रतिक्रिया
सम्बन्धित








