ब्रिटिस एजुकेशन ग्रुपका सिइओ कँडेल लण्डनमा सम्मानित

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुपका सिइओ राजन कँडेल लण्डनमा सम्मानित भएका छन् ।

शिक्षा क्षेत्रमा अतुलनीय योगदान गरेबापत कँडेललाई लण्डनस्थित युनिभर्सिटी अफ ग्रीनविचले एक कार्यक्रमकोबीच सम्मान गरेको हो ।

ग्रीनविचको एल्मुनाईको समारोहमा नेपाल, बेलायत, युएई तथा क्यानडाका विभिन्न समुदायलाई ग्लोबल एजुकेशनको पहुँचमा ल्याउन मदत गरेको भन्दै कँडेल सम्मानित भएका हुन् ।

कार्यक्रममा ग्रीनवीचका उपकुलपति प्रोफेसर जेन ह्यारिब्टनले विश्वव्यापी शिक्षामा कँडेलको प्रभावको प्रशंसा गरे । उनले भने ‘आफ्नो उद्यमशीलता अनुभव र अन्तर्राष्ट्रिय विशेषज्ञतामार्फत विभिन्न समुदायलाई जोड्ने कँडेलको प्रतिवद्धताले विद्यार्थीलाई उनीहरूको शैक्षिक र व्यावसायिक आकांक्षा प्राप्त गर्न टेवा पुगेको छ ।’

सम्मान ग्रहणपछि विश्वविद्यालयप्रति कृतज्ञता व्यक्त गर्दै कँडेलले भने ‘शिक्षामा जीवन परिवर्तन गर्ने शक्ति छ, विश्वभरका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाका अवसरमा पहुँच सुनिश्चित गर्ने मेरो प्रतिबद्धमा यो सम्मानले थप ऊर्जा मिलेको छ ।’

कँडेलले सन् २००६ मा ग्रीनवीच युनिभर्सिटीबाट कम्प्युटिबमा बीएससी (अनर्स) हासिल गरेका हुन् । कँडेलको नेतृत्वमा ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गत द ब्रिटिस कलेज (काठमाडौँ), द विलवीच कलेज, लण्डन, द वेस्टमिन्स्टर कलेज (ललितपुर), द उलवीच इन्स्टिच्यूट (दुबाई), मेरिटाइम बिजनेस कलेज (क्यानडा) तथा नेपालका विभिन्न स्थानहरूमा स्कुलहरू संचालनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =