पूजा र कविता एक्स्ट्राटेकको ‘ब्राण्ड एम्बेसडर’मा नियुक्त

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमका सदस्य पूजा महतो र कविता कुँवर एक्स्ट्राटेक ओवल क्रिकेट मैदानको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् ।

महतो र कुवँरलाई एक्स्ट्राटेकले आगामी दुई वर्षका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो । महतो र एक्स्ट्राटेकका प्रवन्ध निर्देशक विनोद कुवँरले आईतवार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निमार्णाधीन मैदानमा एक कार्यक्रमकावीच सम्झौता गरे ।

दुई वर्षका लागि नियुक्त गरिए पनि रकम खुलाइएको छैन । तर मासिक रुपमा महतो र कुँवरलाई रकम उपलब्ध गराईनेछ । एक्स्ट्राटेकका प्रबन्ध निर्देशक तथा सञ्चालक कुवँरले खेलाडीलाई खेलमा केन्द्रित हुने वातावरण सिर्जना गर्ने उद्देश्यले महतो र कुवँरलाई ब्राण्ड एम्बेसडर नियुक्त गरिएको बताए ।

उनले नेपाली महिला क्रिकेटको भविष्य उज्वल रहेको र युवा खेलाडीले नियमति रुपमा खेल्ने अवसर पाएमा टेस्ट राष्ट्रको दाजोमा पुग्न सक्ने विश्वास व्यक्त गरे ।

निर्देशक कुवँरले खेलाडीहरुलाई खेल खेलेर पनि बाँच्न सकिन्छ भन्ने देखाउन र उनीहरुको हौसला बढाउन यस प्रकारको कामले प्रेरित गर्ने बताए ।

उनले ब्राण्ड एम्बेसडरको सम्झौतालाई निरन्तरता दिन प्रतिवद्धता जनाउँदै आगामी दिन थप अरु खेलाडीहरुलाई समेटेर लैजाने योजना रहेको बताएका छन् ।

कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रिय उपाध्यक्ष रोशन सिंहले क्यानकै प्रोटोकलभित्र रहेर दुई नेपाली महिला खेलाडी एक्स्ट्राटेकको ब्राण्ड एम्बेसडर बनेको बताउँदै यस प्रकारको सहयोगले खेलाडी र क्रिकेटको विकासका लागि महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले निजी लगानीमा सबै सुविधायुक्त क्रिकेट मैदान निमार्ण गरी ऐतिहासिक काम गरेको अवस्थामा खेलाडीका लागि अर्को काम गरेर विनोद कुँवरले नेपाली क्रिकेटमा उत्साह थपेको बताए ।

सो अवसरमा ब्राण्ड एम्बेसडर नियुक्त भएकी महिला क्रिकेट टिमकी सदस्य पूजा महतोले यु-१९ को टिम छनौटका लागि एक्स्ट्राटेक ओवल मैदानमा गरिएको क्लोज क्याम्प आफ्नो खेल जीवनको स्वर्ण क्षण भएको स्मरण गर्दै एम्बेसडर नियुक्तिले आफुलाई हौसला र खेलमा केन्द्रित हुने अवस्था बनेको भन्दै खुशी व्यक्त गरिन् । महतोले यसले आफूलाई धेरै हौसला प्रदान गर्नुका साथै आफ्नो खेल जीवनमा धेरै सहयोग पुग्ने बताइन् ।

अर्की क्रिकेटर कविता कुँवरले आफू पहिलो पटक मैदानमा आएको र निकै खुशी लागेका भन्दै एक्स्ट्राटेकसँग जोडिएको सम्बन्धले आफूलाई अझ राम्रो गर्न प्रेरणा मिलेको बताइन् ।

एक्स्ट्राटेक ओवलले नेपालका लिजेन्ट क्रिकेट खेलाडी तथा पुरुष यु–१९ का राष्ट्रिय प्रशिक्षक शक्ति गौचनलाई यसअघि नै ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =