क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौँमा हुने

काठमाडौँ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) को आयोजनामा क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने भएको छ ।

आइतबार क्यानले पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै क्यानका महासचिव चन्द्रविलास भुर्तेलले क्यान इन्फोटेक, २०२५ काठमाडौंको भृकुटीमण्डपमा माघ २४ गतेदेखि २८ गतेसम्म हुने बताए ।

उनले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक, नीति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्य रहेको बताए । उनले क्यान इन्फोटेकको ३० औं संस्करण ५ दिनसम्म चल्ने जानकारी दिए ।

मेलामा अवलोकनकर्ताले सूचना प्रविधिका नयाँ नयाँ जानकारी पाउने बताए । प्रदर्शनीमा स्वदेशी तथा विदेशी संस्थाहरूको सहभागिता रहने बताए । हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको बताए । साढे तीन लाखले प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा गरेको बताए ।

उनले भने ‘यो वर्ष क्यान इन्फोटेक २०२५, २०८१ माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना गर्दैछ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक, नीति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले वर्षेनी आयोजना हुँदै आएको छ । क्यान इन्फोटेकको ३० औं संस्करण ५ दिनसम्म चल्नेछ ।’

उनले सर्वसाधारणको लागि इन्फोटेकमा प्रवेश शुल्क एक सय र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको बताए । ज्येष्ठ नागरिक, फरक क्षमता भएका र १० वर्ष मुनिका बालबालिका तथा सरकारी, सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकनमा आउने अवलोकनकर्ताहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =