५० लाख धरौटी बुझाएर छविलाल जोशी रिहा

काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक छविलाल जोशी रिहा भएका छन । काठमाडौँ जिल्ला अदालतले उहाँलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जोशी रू ५० लाख बैंक ग्यारेन्टी बुझाएर आजै रिहा भएको जानकारी दिनुभयो । यसअघि जोशीलाई कास्की जिल्ला अदालतले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रू ८८ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

सोही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की अदालतबाट रू ६५ लाख र काठमाडौँ जिल्ला अदालतबाट रू ६० लाख बैंक ग्यारेन्टी बुझाएर छुटिसकेका छन् । उनीहरुविरुद्ध अझै रुपन्देही, चितवन र पर्सामा पनि सहरकारी ठगी कसुरमा जाहेरी दर्ता भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =