‘विद्यार्थी जीवनमै भूमिगत,शान्ति प्रक्रियापश्चात स्नातकोत्तर गरेर सांसद भएपछि दीक्षित’

काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं नेकपा माओवादी केन्द्रका नेता मावध सापकोटा दीक्षान्त समारोहमा दीक्षित भएका छन् ।

सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सापकोटा त्रिभुवन विश्वविद्यालयको ५० औं दीक्षान्त समारोहमा शनिवार दीक्षित भएका हुन् । उनले आफु दीक्षित भएको कुरा सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका छन् ।

सिन्धुपाल्चोकको कुविण्डेमा जन्मिएका सांसद सापकोटाले प्रारम्भिक शिक्षा सेतीदेवी पञ्चकन्या मावि कुविण्डेबाट हाँसिल गरेका थिए । विद्यार्थी जीवनमै भूमिगत राजनीतिमा होमिएपछि उनको औपचारिक अध्ययन टुटेको थियो । शान्ति प्रक्रियापश्चात उनी फेरी अध्यननमा जोडिएका थिए ।

उनले लेखेका छन्,‘आज त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेपछि दीक्षान्त समारोहमा सहभागी भएँ। कुविण्डेको श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा पढ्दै गर्दा दमनकारी शासनको सामना गर्नुपर्‍यो। विद्यार्थी जीवनमै भूमिगत राजनीतिमा होमिए पछि टुटेको औपचारिक अध्ययन शान्ति प्रकृया पश्चात जोडेको थिए ।’

त्रिभुवन विश्वविद्यालयको ५० औं दीक्षान्त समारोहमा सापकोटासंगै १४ हजार ३०८ विद्यार्थी दीक्षित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + seven =