मेडिकल व्यवसायी प्रसाईं विरुद्ध अदालतमा मुद्धा दर्ता

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध अदालतमा मुद्धा दर्ता गरेको छ ।

विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसुरमा प्रसाईं विरुद्ध बुधवार जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

साइबर ब्युरोले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनी विरुद्ध अभियोगपत्र दायर गरेको हो ।

सरकारी वकिलले उनीबिरुद्ध विद्युतीय कारोबार ऐन,२०६३ को दफा ४७ को अन्तर्गत सजाय हुन मागदावी गरिएको छ । यही मंसिर ४ गते उनी घरबाटै पक्राउ परेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उनी पक्राउ परेका हुन् ।

ऐनको परिच्छेद ९ को दफा ४७ मा विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्नेलाई अधिकतम एक लाख रुपैयाँसम्म जरिवाना,पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + fifteen =