अनेरास्ववियुले उठायो सुकुम्वासी बस्तीको फोहोर
२०८१ असोज १७ गते

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले काठमाडौँका सुकुम्वासी बस्तीमा थुपारिएको फोहोर व्यवस्थापन गरेको छ ।
काठमाडौँ जिल्ला कमिटीले काठमाडौंको त्रिपुरेश्वर लगायतका सुकुम्वासी बस्तीको फोहोर व्यवस्थापन गरेको हो ।
काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा ढिलाइ गरेपछि अनेरास्ववियुले डोजर लगाएर फोहोर व्यवस्थापन गरेको हो ।
अनेरास्ववियु फोहोर उठाएर टेकु स्थित डम्पिङ साइडमा व्यवस्थापन गरिरहेको छ ।
फोहोरबाट महामारी प्रकोप फैलिने त्रास उत्पन्न भएपछि अनेरास्ववियुले उक्त पहलकदमी लिएको सङ्गठनका काठमाडौं जिल्ला इन्चार्ज धर्मराज तिमिल्सैनाले मकालुखरबलाई जानकारी दिए ।
‘काठमाडौं महानगरले सुकुम्वासी बस्तीमा चासो दिएन, स्थानीयले हामीलाई सहयोग मागे,’ उनले भने, ‘हामीले फोहोर उठाएर टेकु स्थित डम्पिङ साइडमा व्यवस्थापन गरिरहेका छौँ ।’
२०८१ असोज १७ गते
प्रतिक्रिया
सम्बन्धित








