राष्ट्रिय वाणिज्य बैंकद्वारा दुई करोड सहयोग
२०८१ असोज १५ गते

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार राष्ट्रिय वाणिज्य बैँकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई करोडको चेक हस्तान्तरण गर्दै सो बैँकका सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गाना । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड सहयोग गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैंक सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
प्रधानमन्त्री ओलीले बैंकप्रति कृतज्ञता व्यक्त गर्दै बाढीपहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका बेला यस प्रकारका सहयोग र ऐक्यबद्धताले राहत मिल्ने बताए ।
बैँकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको बताएका थिए ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त कोषमा एक अर्ब दाखिला गर्ने निर्णय गरेको थियो ।
२०८१ असोज १५ गते
प्रतिक्रिया
सम्बन्धित








