यी हुन् सहकारी अपचलनमा फरार रहेका २९ जना
२०८१ असोज ४ गते

काठमाडौं । सुर्य थापा नेतृत्वको सहकारी सम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनले फरार रहेका २९ जनाको नाम सार्वजनिक गरेको छ। सहकारीको बचत रकम अपचलन गरेर २९ जना फरार भएको सहकारी छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
स्वर्णलक्ष्मी सहकारीका गितेन्द्रबाबु (जिबी) राई, सुमेरू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन, सरला महर्जन, निमित्तराज श्रेष्ठ फरार रहेको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर बुढामगर, भूपेन्द्र राई, शिवशिखरका तेजबहादुर बम्जन लगायत २९ जना फरार छन्।फरारको सूचीमा रहेका उनीहरूलाई उपलब्ध गराइदिन समितिले सरकारलाई निर्देशन समेत दिएको छ ।
गत भदौ ३१ गते प्रतिनिधि सभा बैठकमा पेश गरिएको प्रतिवेदन संघीय संसदले शुक्रवार सार्वजनिक गरेको हो ।

२०८१ असोज ४ गते
प्रतिक्रिया
सम्बन्धित








