यचुरीको अन्तिम संस्कारमा पोखरेल सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सिताराम यचुरीको अन्तिम संस्कारका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको टोलीलाई पठाउने भएको छ ।

शुक्रवार सम्पन्न पार्टी सचिवालय बैठकले महासचिव यचुरीको निधनप्रति दुःख व्यक्त गर्दै उनको अन्तिम संस्कारका लागि नयाँ दिल्लीमा जानका लागि वरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वको टोली पठाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनले भने,‘बैठकले खासगरी भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव सिताराम यचुरीको निधनमा दुःख व्यक्त गर्ने र उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने काम गरेको छ । र, पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई उहाँको अन्तिम संस्कारमा सामेल हुनका लागि नयाँ दिल्ली जाने कुरा भएको छ । त्यहाँ पार्टीको तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल रहनुहुनेछ । अर्कोतिर भारत प्रवासमा रहनुभएका साथीहरु पनि त्यहाँ सहभागी हुनुहुनेछ । त्यो निर्णय पनि आजको बैठकले गरेको कुरा म तपाईहरुलाई जानकारी गराउन चाहन्छु ।’

महासचिव यचुरीको गत बिहीवार ७२ वर्षको उमेरमा नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =