बङ्गलादेशबाट काठमाडौं आइपुगे नेपाली विद्यार्थी (तस्बिरहरु)
२०८१ साउन ६ गते

काठमाडौं । बंगलादेशमा विद्यार्थी आन्दोलन हिंसात्मक बनेपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किन थालेका छन् ।
आज पहिलो चरणमा केही बिद्यार्थीहरु विमान बङ्गलादेशको उडान मार्फत काठमाडौं अवतरण गरेका छन् ।
पहिलो उडानमा करिब ४७ जना विद्यार्थी काठमाडौं आइ पेगका एक विद्यार्थीले बताए ।
आन्दोलनरत क्षेत्रबाट विद्यार्थीहरूलाई अध्ययनरत कलेजले एम्बुलेन्समा राखेर विमान स्थल पुर्याइदिएको थियो ।
आज साँझको हिमालयन एयरको विमान बाट थप विद्यार्थी काठमाडौं आउँदै छन् ।

२०८१ साउन ६ गते
प्रतिक्रिया
सम्बन्धित








