प्रधान सेनापति र अस्ट्रेलियाकी राजदूतबीच भेटघाट

प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि अस्ट्रेलियाकी महामहिम राजदूत फेलिसिटी भोकबीच मंगलबार भेटवार्ता भएको छ।

दुई जनाबिच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको हो।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ ।

यस किसिमको भेटघाटले दुई देश बिच रही आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + twenty =