वागमती प्रदेशस्तरीय श्रमाधान रोजगार मेला ललितपुरको पाटनमा हुँदै

काठमाडौं । सरकारले वागमती प्रदेश स्तरको श्रमाधान रोजगार मेला लतिपुरको पाटनमा गर्ने भएको छ ।

सोमवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गर्दै वागमती प्रदेश स्तरको श्रमाधान मेला लतिपुरको पाटन संयुक्त क्याम्पसको भवनामा गर्ने भएको जानकारी दिएको हो ।

सरकारले गत जेठ १७ गतेदेखि सातै प्रदेशमा श्रमाधान रोजगार मेला गरेको छ । सोमवार ६ प्रदेशमा मेला सम्पन्न गरी अन्तिम श्रमाधान रोजगार मेला वागमती प्रदेशमा गर्न लागेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै श्रमरोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका उप–सचिव डम्बर सुनुवारले सरकारले अभियानको रुपमा आयोजना गरिरहेको श्रमधान रोजगार मेला मंगलवार वागमती प्रदेशमा हुन लागेको बताए ।

उनले सरकारले वागमती प्रदेशमा श्रमधान रोजगार मेला गरेर बिट मार्ने अभियान रहेको बताए । उपसचिव सुनुवारले ६ प्रदेशहरु गरेको श्रमधान मेलाले रोजगारीको खोजीमा रहेका श्रमिकलाई रोजगारदातासँग जोड्ने अवसर प्रदान भएको बताए ।

उनले स्वदेशमा नै बसेर नेपाली बाटोमा पौरख गर्ने वातावरण बनाउने उद्देश्यले सरकारले श्रमाधान रोजगार मेलाको अभियान गरेको बताए ।

उनले मंगलवारको मोल ६ प्रदेशका सिकाईहरु र सम्बोधन गर्नुपर्ने विषयहरुलाई समावेश गर्ने प्रयास गरेको बताए । उनले मेलामा श्रम रोजगारीको खोजीमा रहेका श्रमिकहरुले सन्तोष लिएर फर्कने विश्वास रेहेको बताए ।

उनले मेलामा ८० भन्दा बढी रोजगारदाताहरुको स्टल सहित सहभागिता हुने बताए ।

उनले मेलाले घरपरिवारसँग छुटेर परिवारको सुख र परिवारको सपना पूरा गर्छु भन्दै श्रम गन्तव्य मुलुकमा काम गर्न जानुपर्ने अवस्थालाई कम गरी अब मुलुकमा नै सम्भव छ,केही गर्ने अवसर जु¥यो भन्ने सपनालाई सकार बनाउन मद्दत गर्ने दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 5 =