८ वर्षीय बालिकालाई मोबाइल देखाउने बहानामा जबरजस्ती करणी गरेको भन्दै एक पक्राउ
२०८१ जेठ २३ गते

काठमाडौँ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित ग्रिल उद्योगमा काम गरी बस्ने भारत उत्तर प्रदेश बलरामपुर घर भएका ४४ वर्षीया दिननाथलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
दिननाथले ती बालिकालाई सोही ग्रिल उद्योगमा सोमबार बेलुकी मोबाइल देखाउने बहानामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२०८१ जेठ २३ गते
प्रतिक्रिया
सम्बन्धित








