राष्ट्रिय सभा बैठक

राष्ट्रिय सभामा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ प्रस्तुत

काठमाडौँ । मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभामा प्रस्तुत भएको छ ।

आइतबारको राष्ट्रिय सभाको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्तुत गरेकी हुन् । विधेयकमाथि सांसदहरूले सभा आफ्ना धारणा राखेसँगै मन्त्री शर्माले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएकी थिइन् । मन्त्री शर्माले जवाफ दिएसँगै सभा अध्यक्ष नारायणप्रसाद दाहालले मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।

त्यस्तै बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदार भण्डारीले सरकारको तर्फबाट प्रस्तुत गरेको लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको अध्यक्ष दाहालले घोषणा गरे । राष्ट्रिय सभाको अर्को बैठक सोमवार दिउँसो मध्यान्ह सवा १२ बजे बस्ने गरी स्थगित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =