नारायणहिटी दरबार पुगेर पारस शाहसहित राजावादीहरुले गरे दीप प्रज्वलन

तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी भएको दरबार हत्याकाण्डको आज २३ वर्ष पूरा भएको छ।

नारायणहिटी दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको स्मरणमा शनिबार साँझ नारायणहिटी दरबार परिसरमा दीप प्रज्वलन गर्दै श्रदाञ्जली अर्पण गरिएको छ।

समारोहमा पूर्व राजपरिवारसहित राजावादी पार्टी, अभियन्ताहरू सहभागी भएर दीप प्रज्वलन गरेका छन्।

राजदरबारभित्र २०५८ जेठ १९ गते भएको गोली काण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो।

शनिबार श्रद्धाञ्जली कार्यक्रममा पूर्वराजकुमार पारस शाह लगायत पूर्वराजपरिवारका सदस्यहरू उपस्थित थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद दीपक बहादुर सिंह र अभियन्ता दुर्गा प्रसाईं पनि सहभागी भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =