दशरथ रंगशालामा हुनुपर्ने युएईसँगको विश्वकप छनोट खेल साउदीमा हुने
२०८१ जेठ १५ गते

नेपाल र युएईबीचको दोस्रो राउण्डको विश्वकप छनोटको खेल साउदी अरेबियामा हुने भएको छ।
यो खेल जुन ६ मा दशरथ रंगशालामा हुनु पर्ने हो। एसियाली फुटबल महासघंले दशरथ रंगशालाको मैदानको अवस्था, फ्लडलाइट र समग्र सुरक्षाका विषयमा प्रश्न उठाउँदै दशरथ रंगशालामा खेल हुन नसक्ने निर्णय लिएको हो।
देशको एक मात्र रंगशालाको अवस्थामा प्रश्न उठेपछि घरेलु मैदानमा नेपालले खेल्न नपाउने भएको हो।
अब यो खेल दमामको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुनेछ। खेल स्थानीय समय अनुसार साँझ ७ बजे हुने एन्फाले जानकारी दिएको छ।
२०८१ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








