एफए कपको उपाधि युनाइटेडलाई, सिटीसँग लियो बदला
२०८१ जेठ १२ गते

गत सिजनको फाइनलमा बेहोरेको हारको बदला लिँदै म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ ।
शनिबार चिरप्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई १–२ गोल अन्तरले पराजित गर्दै युनाइटेडले उपाधि जितेको हो। गत सिजन युनाइटेड सिटीसँगै २–१ ले पराजित भएको थियो।
खेलको ३० औँ मिनेटमा अलेहान्द्रो ग्रानाचोले युनाइटेडलाई अग्रता दिलाएका थिए । ३९ औँ मिनेटमा कोबी माइनोले टोलीको अग्रता दोब्बर बनाए ।
खेलको अन्त्यतिर जेरेमी डोकुले सिटीका लागि एक गोल फर्काए पनि सिटीले खेलमा फर्किने मौका पाएन।
युनाइटेडले एफए कपको उपाधि जितेको यो १३ औँ पटक हो । युनाइटेडभन्दा आर्सनलले १४ पटक यो उपाधि जितेको छ।
२०८१ जेठ १२ गते
प्रतिक्रिया
सम्बन्धित








