इंग्लिश प्रिमियर लिगमा बर्नमाउथलाई हराउँदै आर्सनल उपाधि होडमा कायमै
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![इंग्लिश प्रिमियर लिगमा बर्नमाउथलाई हराउँदै आर्सनल उपाधि होडमा कायमै](https://www.makalukhabar.com/wp-content/uploads/2024/05/Arsenal-Bournemouth.jpg)
इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले बर्नमाउथलाई पराजित गर्दै उपाधि होड कायम राखेको छ।
शनिबार भएको ३६ औं चरणको खेलमा आर्सनल ३(० ले विजयी भएको हो। अन्तिम २ खेल बाँकी रहँदा पनि उसको उपाधि जित्ने सम्भावना कायम छ। तर यसका लागि उसले आफ्ना सबै खेल जितेर मात्रै हुँदैन म्यानचेस्टर सिटीको नतिजामा भर पर्छ। सिटीले आफ्ना सबै खेल जितेमा भने सिटी च्याम्पियन बन्ने छ।
आर्सनल भन्दा २ खेल कम खेलेको सिटी आर्सनलभन्दा ४ अंकले मात्रै पछि छ। सिटीले ती दुवै खेल जित्दा उ २ अंकले अगाडी हुन्छ र उपाधि उचाल्छ।
शनिबार आक्रामक खेल प्रदर्शन गरेको आर्सनलले पहिलो हाफको अन्तिममा अग्रता बनाएको थियो।
बर्नमाउथका गोलरक्षक मार्क ट्राभर्सले काई हाभर्ट्ज माथि फाउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै बुकायो साकाले आर्सनललाई अग्रता दिलाएका थिए ।
७० औं मिनेटमा डेकलान राइसको पासमा लियान्द्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई दुई गोलको अग्रता दिलाए ।
राइसले इन्ज्युरी समयको सातौं मिनेटमा गोल गर्दै आर्सनलको जित सुनिश्चित गरे ।
जित पछि ३६ खेल खेलेको आर्सनलको ८३ अंक भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३४ खेलमा ७९ अंक छ । सिटीले आज सवा १० बजे वल्भसको सामना गर्नेछ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)