कलंकीस्थित भाटभटेनीमा भएको आगलागी नियन्त्रणमा
२०८० चैत ३० गते

काठमाडौंको कलंकीस्थित भाटभटेनीमा भएको आगलागी नियन्त्रणमा आएको छ।
शुक्रबार साँझ भएको आगलागी दमकलको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।
जेनेरेटर राख्ने स्थानबाट सुरु भएको आगलागी केही समयपछि निभाइएको हो।
आगलागीबाट जेनेरेटरमा क्षति पुगेको छ। समयमा आगो निभाउँदा थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ।
२०८० चैत ३० गते
प्रतिक्रिया
सम्बन्धित








