कवाडी गोदामबाट ५३ राउन्ड गोली बरामद
२०८० चैत २९ गते

फाइल तस्बिर
काठमाडौं। सर्लाहीको एक कवाडी गोदामबाट प्रहरीले ५३ राउन्ड गोली बरामद गरेको छ ।
मलंगवा नगरपालिका–८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउन्ड गोली बिहीबार बिहान प्रहरीले बरामद गरेको हो ।
उक्त स्थानमा हात हतियारमा प्रयोग हुने गोली माटो मुनी गाडेर राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले पेस्तोलमा प्रयोग हुने उक्त गोली फेला पारेको हो ।
गोली कसले कुन प्रयोजनका लागि राखेको हो भन्ने अहिलेसम्म केही खुलिनसकेको प्रहरीले जनाएको छ ।
२०८० चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित








