काठमाडौं जाँदै गरेको बसले हान्दा बाइक चालकको मृत्यु

दाङ । काठमाडौँ जाँदै गरेको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । तुलसीपुरबाट काठमाडौं जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्रि बसले लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका-१७ का २३ वर्षीय सौगात वलीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनकबहादुर मल्लका अनुसार घोराही उपमहानगरपालिका-१७ सिस्नेखोला नजिक राति पौने ९ बजे मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका वलीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो ।

मोटरसाइकलको पछाडि सवार तुलसीपुर उपमहानगरपालिका- ११ बेलगनारका ३५ वर्षीय शरद लामिछाने घाइते छन् । उनको घोराहीमा उपचार जारी छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 16 =