हरिनगरमा झडपपछि सुनसरीका पाँच स्थानमा कर्फ्यू
२०८० चैत २३ गते

सुनसरीको हरिनगरमा झडपपछि प्रशासनले जिल्लाका पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कर्फ्यू आदेश जारी गरेको छ।
निमित्त प्रमुख जिल्ला अधिकारीमार्फत् जारी गरेर कर्फ्यू आदेश जारी गरेका हुन्।
सुनसरीको भुटाहामा दुई समूहबीचको झडपले उग्र रूप लिएपछि वरपरका स्थानीय तहमा पनि कर्फ्यू लगाइएको हो।

२०८० चैत २३ गते
प्रतिक्रिया
सम्बन्धित








