इलाम–२ उपनिर्वाचनमा उम्मेदवार छान्न एमालेमा सकस, ६ जनाकै नाम केन्द्रमा
२०८० चैत ४ गते

इलाम २ को उपनिर्वाचनका लागि उम्मेदवार छान्न एमालेमा सकस पर्ने देखिएको छ। सहमतिमा उम्मेदवार टुङ्ग्याउने प्रयास असफल भएपछि इलाम जिल्ला कमिटि सचिवालय समितिको बैठकले ६ जनाकै नाम केन्द्रमा सिफारिस गरेको छ ।
एमाले इलामका सचिव उमेश गुरुङले सहमति गरेर एक जनाको नाम पठाउन गरिएको प्रयास असफल भएको बताए।
सबै आकाङ्क्षीहरूले छोड्न नमानेपछि जिल्ला समितिमा चुनाव नै गराउने तयारी थियो। त्यसले पनि मनमुटाब बढाउने देखिएपछि ६ जनाकै नाम केन्द्रमा पठाएको छ।
यसअघि एमालेले उम्मेदवार तय गर्नका लागि जिल्ला पार्टी कमिटी उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सो कार्यदलमा ६ जना आकाङ्क्षीले निवेदन दिएका थिए ।
सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल र रिप्पल राईले निवेदन दिएका छन्।
२०८० चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित








