उत्तरी म्यानमारमा जेड खानी भत्किँदा १ जनाको मृत्यु, ३० बेपत्ता
२०८० फागुन २९ गते

एजेन्सी । उत्तरी म्यानमारको काचिन राज्यको हपाकान्त टाउनसिपमा रहेको जेड खानीमा मंगलवार बिहान पोखरी भत्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
स्थानीय प्रहरी र बासिन्दाले घटनास्थलमा डरलाग्दो अवस्थाका कारण दिउँसो उद्धार कार्य स्थगित गरिएको छ । हपाकान्त टाउनसिपमा कायुनार उद्धार संगठनका एक अधिकारीले टोली घटनास्थलमा काम गरिरहेको र एक शव फेला परेको बताए ।
दुर्घटनापछि झन्डै ३० जना बेपत्ता भएका स्थानीय बासिन्दाले बताएका छन् ।
२०८० फागुन २९ गते
प्रतिक्रिया
सम्बन्धित








