एक हजार दरको ६ थान नक्कली नोटसहित २ जना पक्राउ
२०८० फागुन १३ गते

काठमाडौँ । नक्कली जस्तो देखिने १ हजार दरको ६ थान नोटसहित २ जनालाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बुढानीलकण्ठ नगरपालिका–१२ कपन बस्ने रामेछाप घर भएका १९ वर्षीय कमल भुजेल र मकवानपुर घर भएका १९ वर्षीय साजन वाइबा रहेका छन् ।
प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले कमललाई १ हजार दरको ३ थान उक्त नोटसहित पक्राउ गरेको र थप अनुसन्धान गर्ने क्रममा काठमाडौं बुढानीलकण्ठ नगरपालिका–१२ निलो माइक्रो पार्कबाट साजनलाई समेत १ हजार दरको ३ थान उक्त नोटसहित फेला
पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२०८० फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित








