घाना भ्रमण गर्ने अफ्रिकीहरूलाई भिसा आवश्यक नपर्ने
२०८० माघ १४ गते

एजेन्सी । घानाले यस वर्षको अन्त्यसम्ममा देश भ्रमण गर्ने सबै अफ्रिकीहरूलाई भिसा–मुक्त प्रवेश प्रदान गर्ने नीति लागू गर्ने बताएको छ । राष्ट्रपति नाना अड्डो डान्क्वा अकुफो–एड्डोले यस्तो घोषणा गरेका हुन् ।
उनले घाना सरकार देशमा यात्रा गर्ने सबै अफ्रिकीहरूलाई भिसा–मुक्त प्रवेश सुनिश्चित गर्न प्रतिवद्ध रहेको बताए । यस वर्षबाट अन्त्यसम्ममा यो नीति लागू गर्न लागिएको बताए । मानिसहरू, वस्तुहरू र सेवाहरूको स्वतन्त्र आवतजावत सुनिश्चित गर्न महाद्वीपमा त्यस्ता नीतिहरू आवश्यक रहेको उनको भनाई छ ।
उनले नीति कार्यान्वयन अझ बढी प्रतिनिधिमुलक हुनुपर्ने बताए । यो नीतिले अफ्रिकी समाजका विभिन्न तहलाई फाइदा पुग्ने उनको विश्वास छ ।
२०८० माघ १४ गते
प्रतिक्रिया
सम्बन्धित








