अहिले विद्यार्थी भर्नाको सूचना प्रकाशन गरे कारबाही हुन्छ : महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना प्रक्रिया अहिले नै अगाडि नबढाउन निर्देशन दिएको छ । चालु शैक्षिक सत्र नसकिएको तथा नयाँ शैक्षिक सत्र आउन अढाई महिना बाँकी रहेका बेला प्रक्रिया अगाडि नबढाउन महानगरले भनेको हो ।

महानगरभित्रका केही विद्यालयहरूले अहिले नै विद्यार्थी भर्ना प्रक्रिया अगाडि बढाएको गुनासो आएपछि महानगरले चेतावनी दिएको छ ।

‘भर्नाको सूचना प्रकाशन गरेको भन्ने उजुरीप्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ,’शिक्षा अधिकारी सीताराम कोइरालाले जारी गरेको सूचनामा भनिएको छ, ‘शैक्षिक सत्रको सुरुवातको समय नभई विद्यार्थी भर्नाका लागि कुनै पनि तरिकाले सूचना प्रकाशन नगर्न नगराउन सूचित गर्दै त्यस प्रकारको सूचना प्रकाशन गरेको पाइएमा महानगरपालिकाको शिक्षा ऐन, २०७५ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गरिने ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 10 =