युक्रेनले खसालेका रुसी विमानका दुवै ब्ल्याक बक्स फेला
२०८० माघ १२ गते

काठमाडौँ । युक्रेनले खसालेको रुसी इल्युसिन ७६ नामको विमानका दुवै ब्ल्याक बक्स फेला परेका छन् ।
शुक्रवार दुर्घटनास्थल रुसको बेल्गोरोड क्षेत्रमा दुवै ब्ल्याक बक्स भेटिएको हो ।
आपतकालीन सेवाकाअनुसार ब्ल्याक बक्सहरू अनुसन्धानकर्ताहरूलाई हस्तान्तरण गरिएको छ ।
बुधवार विमान दुर्घटनाम परी ७४ जना मारिएको युक्रेनले दाबी गरेको थियो । विमानमा ६५ जना युक्रेनी युद्धबन्दीहरु रहेको बताइएको छ ।
विमानमा ६ जना क्रु मेम्बर र तीन सहायक मेम्बर रहेको बताइएको थियो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
२०८० माघ १२ गते
प्रतिक्रिया
सम्बन्धित








