मुटुको धड्कन बढ्ने बिरामीहरूका लागि नोवेलमा इलेक्ट्रोफिजियोलोजी स्टडी र रेडियोफ्रिक्वेन्सी एब्लेसन सेवा सुरु

विराटनगर । विराटनगरस्थीत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको मुटु रोग विभागमा मुटुको धड्कन बढ्ने विरामीहरुको दीर्घकालिन उपचार सुरु भएको छ ।

इलेक्ट्रोफिजियोलोजी स्टडी र रेडियोफ्रिक्वेन्सी एब्लेसन सेवा सुरु भएपछि पूर्वी नेपालका मुटु समस्या भएका विरामीहरुको चाप बढ्न थालेको हो ।

मुटुको धडकन बढ्ने समस्याको लागि लामो समय औषधी खानु पर्ने र औषधी सेवन गर्दै गए पनि समयान्तरमा औषधी प्रभावकारी नभएको खण्डमा रेडियोफ्रिक्वेन्सी एब्लेसन नै यसको उपचार भएको र यो सेवा पूर्वमा नै उपलव्ध हुने भएको हुँदा विरामीहरुलाई सहज भएको हो ।

किन धड्किन्छ मुटु ?

मुटुरोग विभागका प्रमुख बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.राजेश नेपालका अनुसार मुटुलाई चलाउने जुन प्रणाली छ त्यो विद्युतिय तरङ्गको प्रवाहले हुन्छ । मुटुको माथिल्लो खण्डमा एस ए नोड हुन्छ । त्यहाँबाट विद्युतिय प्रवाह अर्थात मुटुको चाल सुरु भई मुटुको तल्लो खण्ड भन्दा केही माथि रहेको ए भी नोडमा जान्छ । एस ए नोडबाट निस्किएको विद्युतिय तरङ्गको प्रवाहले मुटुको माथिल्लो खण्डलाई खुम्चाउने कार्य गर्दछ भने ए भी नोडबाट बण्डल अफ हिज हुँदै बण्डल ब्रान्चहरुमा विद्युतिय तरङ्ग प्रवाह हुँदा मुटुको तल्लो खण्ड खुम्चिने गर्दछ । एस ए नोड प्राकृतिक पेसमेकर हो र एस ए नोड, ए भी नोड र बण्डल ब्रान्चहरुले गर्दा मुटुलाई चलायमान गर्दछ । तर कसै कसैको ए भी नोड भित्र वा बाहिर विद्युत प्रवाहमा चोर बाटो हुने गर्दछ । यस्तो चोर बाटोले गर्दा विद्युतिय तरङ्गको प्रवाह राम्रो सँग हुन नसक्दा मुटुको चाल बढी भई धेरै ढुकढुक हुने गर्दछ । मुटुको माथिल्लो खण्डको चाल गडबड हुने समस्यालाई Paroxysmal Supraventricular Tachycardia  (पीएसभीटी) भनिन्छ । पीएसभीटीमा मानिसलाई चक्कर लाग्ने र धडकन बढ्ने समस्या भई बारम्बार दुख दिने गर्दछ भने Ventricular tachycardia (भीटी) मा मुटुको तल्लो खण्ड बढी धकधकाउने भएकोले मुटुले शरिरमा पुर्‍याउनु पर्ने रगतको प्रवाहमा कमी हुन जान्छ । यो अवस्थामा मानिस बेहोस हुने र ज्यान नै जान सक्ने हुन्छ । उनका अनुसार विश्वमा करिब १०% मानिसहरुको जन्मजात मुटु चलाउने विद्युतिय तरङ्गको प्रवाहमा चोर बाटो हुने अध्ययनले देखिएको छ । तर ती मध्ये कसै कसैलाई धड्कनको समस्या आउने गर्दछ ।

नोवेलमा सहज उपचार

मुटुको यस्तो समस्याको परीक्षण तथा उपचार सेवा नोवेलमा रहेको छ । इलेक्ट्रोफिजियोलोजी स्टडी अर्थात ईपी ल्यावले मुटुको परीक्षण गरेर समस्याको अध्ययन गर्न सहज गर्दछ र विरामीको अवस्थाको जानकारी पाइन्छ । नोवेलमा टुडी  म्यापिङ्ग उपलव्ध छ जसको आधारमा मुटुको विद्युतीय तरङ्गको प्रवाहको आधारमा कार्य प्रणालीको अध्ययन गर्न सकिन्छ । रोग पत्ता लागे पछि रेडियोफ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट मुटुको चालको विद्युतिय प्रवाहको चोर बाटो डाम्ने गरिन्छ । प्रा.डा. नेपालका अनुसार यो सेवा काठमाडौँमा गंगालाल हृदय रोग केन्द्र र ह्याम्समा उपलव्ध छ भने काठमाडौँ बाहिर नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा मात्र रहेको छ ।

मुटु भित्र विद्युतिय तरङ्ग प्रवाहको चोर बाटो कसरी बन्द गरिन्छ ? भन्ने प्रश्नमा डा. नेपाल भन्छन्–‘रेडियोफ्रिक्वेन्सी एब्लेसन प्रविधिमा मानिसको तिघ्रा र घाँटीको नशाबाट क्याथेटर (तार) छिराएर मुटुलाई चलाउने विद्युतिय तरङ्ग प्रवाहको चोर बाटो सम्म पुगी त्यसलाई डाम्ने गरिन्छ । यो अति नै भरपर्दो प्रविधि हो । यसमा विरामीलाई बेहोस पार्नु पर्दैन । अस्पताल बसाई एक दिन मात्र हुन्छ र एक महिनाको औषधी सेवन पछि अरु खानु पर्दैन ।’

बरिष्ठ मुटु रोग विशेषज्ञ प्रा. डा.सहदेव ढुंगानाका अनुसार मुटु चलाउने विद्युतिय तरङ्गको प्रवाहमा हुने चोरबाटोले गर्दा आउने समस्याको लागि औषधी पनि खान सकिन्छ । यसरी औषधी खानेले आजिवन औषधी सेवन गर्नु पर्छ र औषधीको प्रभाव हुन छोडेमा रेडियोफ्रिक्वेन्सी एब्लेसन नै गर्नु पर्दछ । यो प्रविधिको सक्सेस रेट ९८ प्रतिसत रहेको उनको भनाई छ । यो भर पर्दो भएको र औषधी खाई राख्नु पर्ने, औषधी छुटाउन नहुने बाध्यता पनि हट्ने भएकोले विरामीलाई धेरै सजिलो हुन्छ ।

बरिष्ठ इलेक्ट्रोफिजियोलोजिष्ट डा.रोशन राउतका अनुसार अमेरिकन कलेज अफ कार्डियोलोजी र अमेरिकन हार्ट एसोसिएसनले मुटु चलाउने विद्युतिय तरङ्गको प्रवाहमा हुने चोर बाटोको कारण बारम्बार समस्या हुनेलाई औषधी भन्दा रेडियोफ्रिक्वेन्सी एब्लेसन नै गर्न सुझाएको छ । यो नै यस्तो समस्याको सही उपचार पद्धती हो ।

ईपी ल्यावमा मुटुको जाँच कसरी गरिन्छ ? भन्ने प्रश्नमा उनले भने–‘यो मुटुको कार्य गर्ने तरिकाको जाँच गर्ने प्रविधि हो । मुटुले सही ढंगबाट कार्य गरेको छ की छैन रु छैन भने के समस्या हो रु यो परीक्षणले थाहा हुन्छ । मुटु भित्र क्याथेटर (तार) हरु छिराएर मुटुको विद्युतीय तरङ्गहरुको एक उपकरणको सहायताबाट अध्ययन गरिन्छ । मुटुको लय गडबडी गर्ने असामान्य विद्युत प्रवाह पत्ता लगाउन र त्यसको सही उपचार निर्धारण गर्न यो प्रविधिको प्रयोग हुन्छ । इलेक्ट्रोफिजियोलोजी स्टडीको दौरान नै रेडियोफ्रिक्वेन्सी एब्लेसन गर्न सकिन्छ । रेडियोफ्रिक्वेन्सी एब्लेसन गर्दा क्याथेटरको सहायताले असामान्य विद्युत प्रवाह गर्ने तन्तुलाई डाम्ने गरिन्छ जसले गर्दा त्यस्ता असामान्य विद्युत प्रवाह रोकिने गर्दछ अर्थात मुटु चलाउने विद्युतिय तरङ्ग प्रवाहमा भएको चोरबाटोलाई डामेर बन्द गरिन्छ ।’

इलेक्ट्रोफिजियोलोजी स्टडी र रेडियोफ्रिक्वेन्सी एब्लेसन सेवा उपलब्ध भए पछि नोवेल शिक्षण अस्पतालमा मुटुको धडकन असामान्य हुने समस्याका विरामीहरुलाई उपचार सेवा पाउन सहज भएको छ । एकै छाना मुनी सबै प्रकारका विशेषज्ञ विशिष्ट सेवा उपलव्ध हुनुले पूर्वी नेपालका विरामीहरुको रोजाईमा नोवेल नै पर्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + thirteen =