टर्की सुरक्षा बलद्वारा सिरियामा ४५ कुर्द लडाकु मारिएको दाबी

एजेन्सी । टर्कीका सुरक्षा बलले आफ्ना सैनिकहरू मारिएको बदलामा जवाफी हवाई आक्रमणमा ४५ आतंकवादी मारेको दाबी गरेको छ । आतंकवादीमध्ये ३६ उत्तरी इराकमा सेनाको सीमापार कारबाहीमा मारिएका र उत्तरी सिरियामा नौ जना मारिएका हुन् ।

इराकमा कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) र सिरियामा यसको शाखा, कुर्दिश पीपुल्स प्रोटेक्सन इकाईहरूलाई निशाना बनाएर हवाई आक्रमणहरू भएको थियो । उत्तरी इराकमा पीकेके आक्रमणमा नौ टर्की सैनिकको हत्या बदला लिन गरिएको बताइएको छ । राष्ट्रपति कार्यालयकाअनुसार शनिवार इस्तानबुलमा एक सुरक्षा बैठक भएको थियो ।

जसमा देशको आतंकवाद विरोधी रणनीति र लडाइको समग्र मूल्याङ्कन गरिएको थियो । टर्की संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतंकवादी संगठनको रूपमा सूचिबद्ध गरिएको पीकेकेले तीन दशकभन्दा बढी समयदेखि टर्की सरकारविरुद्ध विद्रोह गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =