एसियन कप फुटबलमा भारत पहिलो खेलमा अस्ट्रेलियासँग पराजित
२०८० पुस २८ गते

एसियन कप फुटबलमा भारत पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएको छ।
कतारको अल रेयानस्थित अहमद बिन अली स्टेडियममा भएको खेलमा भारत अस्ट्रेलियासँग २–० ले पराजित भएको हो।
अस्ट्रेलियाका ज्याक्सन इरविनले ५० औँ मिनेटमा पहिलो गोल गरेका थिए । ७३ औँ मिनेटमा वैकल्पिक खेलाडी जोर्डन बोसले टोलीका लागि दोस्रो गोल गरे।
भारत पराजयसँगै समूह बीको अन्तिम स्थानमा झरेको छ । अस्ट्रेलिया ३ अङ्कसहित शीर्ष स्थानमा छ। भारतले अर्को खेलमा जनवरी १८ मा उज्बेकिस्तान र २३ जनवरीमा सिरियासँग खेल्नेछ।
२०८० पुस २८ गते
प्रतिक्रिया
सम्बन्धित








