एसएस फाउण्डेशनद्वारा १६१ जनालाई न्यानो ज्याकेट वितरण

काठमाडौं । एसएस फाउण्डेशन र पालिजा स्वाः नेवाःपुचको सहकार्यमा काठमाडौं महानगर वडा नं ११ का ज्येष्ठ नागरिक,एकल महिला र बालबालिकालाई न्यानो ज्याकेट वितरण गरिएको छ ।

फाउण्डेशनले बुधवार एक कार्यक्रमकाबीच ज्येष्ठ नागरिक,एकल महिला र बालबालिका गरी १६१ जनालाई न्यानो ज्याकेट वितरण गरेको हो ।

पालिजा स्वाः नेवाःपुच र एसएस फाउण्डेशनले हरेक वर्ष ज्येष्ठ नागरिक,एकल महिला र बालबालिकाका लागि ज्याकेट तथा अन्य सामग्रीहरु वितरण गर्दै आएको छ ।

न्यानो ज्याकेट वितरणका प्रमुख अतिथि पशुपतिसमशेर जबराले फाउण्डेशनले ज्येष्ठ नागरिक,एकल महिला र बालबालिकाहरुले जाडोमा न्यानोपनको लागि वितरण गरिएको बताए । उनले नेपाल ठूलो स्रोत र साधन भएको देश भएको बताए ।

उहाँले सम्पूर्ण रुपले भरिपूर्ण नेपाललाई कसरी अगाडि बढाउने काम आजका साशकहरुको कारण तल परेको गुनासो गरे ।

उनले देशका शासकहरुको कारण मुलुक ठूलो सम्भावना भएपनि माथि उठ्न नसकेको दाबी गरे ।

ज्याकेट वितरण कार्यक्रममा पुर्व मंत्री विक्रम थापा र नवराज सिंखडा, केदार धमला,वरिस्ठ अधिवक्ता राजु बिस्ट लगाएत स्थानिय समाजसेवी हरुको उल्लेख्य उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 7 =