९औँ नेपाल वुड अन्तर्राष्ट्रिय एक्स्पोमा उपभोक्ताहरू भन्छन्– काठको उपलब्धतालाई बिस्तार गर्नुपर्छ

काठमाडौँ । ९ औँ नेपाल वुड अन्तर्राष्ट्रिय मेलामा पुगेका अधिकांश उपभोक्ताहरूले नेपालमा काठको उपलब्धतालाई बिस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

उनीहरुले नेपाली बजारमा काठजन्य सामग्रीहरूको उपलब्धतालाई बिस्तार गर्न नसक्नाले पनि काठजन्य सामग्रीहरू भन्दा प्लास्टिकजन्य सामग्रीहरूको प्रयोग बढी हुने गरेको बताए ।

उनीहरुले मेलामा नयाँ नयाँ डिजाइनका सामग्रीहरू देखिएपनि मूल्य महँगो भएको गुनासो गरे । उनीहरुले प्लास्टिक भन्दा काठको प्रयोगमा बढी जोड दिनुपर्ने बताए । मेलामा पुगेका अवलोकनकर्ता अर्जुनप्रसाद पराजुलीले मेलामा नयाँ नयाँ प्रोडक्टहरु पाएको बताए ।

उनले प्लास्टिकको सामान काठका जस्ता लामो समय नटिक्ने र राम्रो नहुने भएकाले काठको बढी प्रयोग गर्नुपर्नेमा जोड दिए । त्यस्तै अवलोकनकर्ता प्रेम राईले काठ महँगो भएकाले प्लास्टिकको सामग्रीहरू किन्ने क्रम बढेकाले काठका सामग्रीहरूको मूल्यमा कम गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले प्लास्टिक वातावरणीय हिसाबले हानिकारक रहेको भन्दै जङ्गल बढाएर त्यहाँबाट काठहरू प्रयोग गर्न सक्नुपर्ने बताए ।

त्यस्तै खिलप्रसाद सुवेदी भने काठका सामग्रीहरू महँगो हुने भएकाले उच्च घरानाका मानिसहरूले मात्रै काठजन्य सामग्रीको प्रयोग गर्न सक्ने भएकाले सरकारले सहुलियत दिनुपर्ने बताए ।

जङ्गलमा सडेका काठहरूको प्रयोग गरेर काठका सामानहरूको प्रयोग बढाउनुपर्ने उनको भनाइ छ । त्यस्तै उपभोक्ता अनुज कुँवरले काठका सामानहरू धेरै नै महँगा भएकाले मूल्य कम गर्नुपर्ने बताए ।

उनले देशमा भएको जङ्गलबाट काठ प्रयोग गर्ने भन्दा पनि छुट्टै बिरुवाहरू रोपेर त्यसबाट काठजन्य सामग्रीहरू बनाउनु राम्रो र उचित हुने धारणा राखे । त्यस्तै काठलाई घरसम्म ल्याएर उपयोग गर्नका लागि कानुन नै बाधक रहेकाले सरकारले कानुन सहज बनाउनुपर्ने बताए ।

त्यस्तै उपभोक्ता शम्भुहरि बास्तोलाले राज्यको नीति काठमैत्री बन्नुपर्नेमा जोड दिए । उनले काठका सामानहरूमा सरकारले सहुलियत गरेर केही सस्तो बनाउने हो भने काठका सामाग्री किन्नका लागि उपभोक्ताहरू आकर्षित हुने बताए ।

उनले काठका सामग्रीको पहुँच बिस्तार गर्नसके पनि उपभोग गर्नेहरूको सङ्ख्यामा वृद्धि हुनसक्ने बताए ।

पौष २० गतेबाट सुरु भएको मेला आईतवारसम्म चल्नेछ । मेलामा उल्लेख्य रुपमा उपभोक्ता एवं अवलोकनकर्ताहरूको उपस्थिति उल्लेख्य रहेको मिडिया स्पेस सोलुसन्स प्रा।लि।का प्रबन्ध निर्देशक सिर्जल भट्टराईले बताए ।

डिया स्पेस सोलुसन्स प्रा।लि। नेपाल र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्ट्स प्रा।लि। भारतको संयुक्त आयोजनामा सञ्चालित मेलामा ८० कम्पनीहरूले १५० भन्दा बढी ब्रान्डका सामानहरू राखिएको छ ।

मेलामा नेपाल, भारत, चीन, मलेसिया, इटाली लगायत देशका कम्पनीका स्टलहरू रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 5 =