बढुवा भएका सैनिक अधिबकारीलाई दज्र्यानी चिन्ह प्रदान

प्रधान सेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी पवन राज घिमिरे र चोक बहादुर ढकाललाई पदोन्नति भएको दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन्। सोमबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो।

पदोन्नतिसँगै उपरथी घिमिरे नेपाली सैनिक वार कलेजमा शिक्षाधिकृत तथा उपरथी ढकाल सैनिक सचिव विभाग, अतिरिक्त समूहमा नियुक्त भएका छन्। उनी पौष १२ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका थिए।

सोही अवसरमा प्रधान सेनापतिले सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानीहरु क्रमशः  कमल बानिया पिएच.डी, राजाराम बस्नेत, रोज प्रताप राणा, संजय देउजा, पुरन घले, राजेन्द्र श्रेष्ठ, नारायण बहादुर थापा र लेखा महासेनानी राजन अधिकारीलाई पनि पदोन्नति भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =