टर्की प्रहरीद्वारा हिरोज–३८ अपरेसनमा १८९ आईएस संदिग्ध पक्राउ
२०८० पुस १६ गते

एजेन्सी । टर्कीका सुरक्षा बलहरूले देशका ३७ प्रान्तहरूमा हिरोज–३८ कोड नामको अपरेसनमा इस्लामिक स्टेटका १८९ संदिग्ध सदस्यहरूलाई पक्राउ गरेको छ ।
यो अपरेसन सबै प्रान्तहरूमा एकसाथ गरिएको थियो । आन्तरिक मन्त्री अली येर्लिकायाले यसबारे जानकारी गराएका हुन् ।
अधिकांश संदिग्धलाई राजधानी अंकाराबाट पक्राउ गरिएको थियो । एकै समयमा देशको सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर इस्तानबुलमा २२ जनालाई पक्राउ गरिएको थियो ।
टर्की सरकारले २०१३ मा इस्लामिक स्टेटलाई आतङ्कवादी संगठन तोकेको थियो ।
२०८० पुस १६ गते
प्रतिक्रिया
सम्बन्धित








