काठमाडौंलाई हराउँदै ललितपुर क्वालिफायरमा, फाइनल प्रवेशका लागि पोखरासँग भिड्ने
२०८० पुस १० गते

नेपाल सुपर लिगमा ललितपुर सिटी एफसी दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।मंगलबार दशरथ रंगशालामा इलिमिनेटर खेलमा काठमाडौं रेजर्सलाई ३–० गोल अन्तरले हराउँदै ललितपुरले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
ललितपुरले फाइनल प्रवेशका लागि अब पोखरा थन्डर्ससँग खेल्नेछ। पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पोखरा पेनाल्टी सुटआउटमा पराजित भएको थियो । लिग चरणमा काठमाडौंसँग पराजित भएको ललितपुरले त्यसको बदला समेत लियो।
ललितपुरका लागि इमु इजिकेलले दुई तथा पापा इबु केबेले एक गोल गरे। खेलमा ३६ औं मिनेटमा इमु इजिकेलको गोलमा अग्रता लिएको ललितपुरले पहिलो हाफको खेल सकिन एक मिनेट अघि केबेको गोलमा २–० को अग्रता बनायो।
खेलको ५६ औं मिनेटमा इजिकेलले ब्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई शानदार जित दिलाए । ललितपुर र पोखराको खेल आगामी बिहीबार हुनेछ।
२०८० पुस १० गते
प्रतिक्रिया
सम्बन्धित








