च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ‘ड्र’ सार्वजनीक, यी टोलि भिड्ने
२०८० पुस २ गते

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ‘ड्र’ सार्वजनीक गरिएको छ । सोमबार भएको ‘ड्र’ अनुसार इङ्लिस क्लब आर्सनलले एफसी पोर्टोसँग खेल्ने भएको छ।
स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नापोलीको सामना गर्दा फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजीले स्पेनको रियल सोसिडाडसँग खेल्नेछ।
सिरि एको इन्टर मिलानले एट्लेटिको मड्रिडसँग खेल्दा बोरुसिया डर्टमण्डको भेट पीएसी इन्दोभेनसँग हुने भएको छ।
प्रि–क्वार्टरफाइनलमै लाजियोले बायर्न म्युनिखको सामना गर्नु पर्ने भएको छ। एफसी कोपनहेगनले साविक विजेता म्यानचेस्टर सिटीसँग र आरबी लाइपेजिगले रियल मड्रिडसँग खेल्नेछ।
अन्तिम १६ को पहिलो लेगको खेल फेब्रुअरी १३, १४ र २०,२१ मा हुनेछ। दोस्रो लेग मार्च ५,६ र १२,१३ मा हुनेछ।
२०८० पुस २ गते
प्रतिक्रिया
सम्बन्धित








