‘२० औं हस्तकला व्यापार मेला–२०८०’ आजदेखि सुरु (तस्बिरसहित)

काठमाडौँ । नेपाल हस्तकला महासंघको आयोजनामा ‘हस्तकला व्यापार मेला तथा हस्तकला–२०८०’ सुरु भएको छ ।
विहिबार मंसिर २८ गतेदेखि पाँच दिनसम्म काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा मेला सरु भएको हो ।
हस्तकला मेलाको यो २० औं संस्करण हो भने हस्तकला प्रतियोगिताको १८ औं संस्करण हो । मेला मंसिर २८ गतेदेखि पुस २ गते (सन् २०२३ को डिसेम्बर १४ देखि १८) सम्म सञ्चालन हुनेछ ।
नेपाली हस्तकलाजन्य वस्तुहरुको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले महासंघले बर्सेनि यो मेला आयोजना गर्दै आएको छ ।
स्वदेशी उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई बजारीकरणमा सहयोग पुर्याउने मेलाको लक्ष्य रहेको छ ।
मेलामा हस्तकलाका वस्तुहरुको करिब १२५ वटा स्टलहरु छन् ।
हेर्नुहोस् तस्बिरहरू :









