काठमाडौँमा २० औँ हस्तकला व्यापार मेला हुँदै

काठमाडौँ । मंसिर २८ गतेदेखि पुस २ गतेसम्म २० औँ हस्तकला व्यापार मेला हुने भएको छ ।

नेपाल हस्तकला महासङ्घको आयोजनामा काठमाडौँको अन्नपूर्ण होटेलमा २० औँ हस्तकला व्यापार मेला आयोजना हुने भएको हो ।

सोमवार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले अन्तर्राष्ट्रिय बजारको माग र अवस्थाका बारेमा उद्यमी व्यवसायीहरूमा जानकारी आदान प्रदान गर्नु मेलाको मुख्य उद्देश्यले मेलाको आयोजना गर्न लागेको बताएको छ ।

महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला व्यापार मेलासँगै १८ औँ हस्तकला प्रतियोगिता आयोजना समेत आयोजना गरिने बताए ।

उनले मेलाको मुख्य उद्देश्य निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्ने र अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरूको चाहनाअनुरूप वस्तु डिजाइन गर्ने रहेको बताए ।

उनले मेलामा स्वदेशी र विदेशी क्रेता तथा विक्रेता बीच एक आपसमा सीप, प्रविधि, डिजाइन र ज्ञानको आदान प्रदान हुने समेत बताए ।

उनले मेलामा महासंघको १ करोड बढी खर्च हुने बताए । उनले अहिलेको अवस्थामा मेला आयोजना गर्न चुनौती रहेको बताए ।

मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडलबाट गर्ने कार्यक्रम रहेको छ ।

मेला अवलोकनका लागि नेपाल सरकारका मन्त्री, उच्च पदस्थ अधिकृतहरू, नेपालस्थित विभिन्न मुलुकका कूटनैतिक नियोगका राजदूतहरूको समेत उपस्थित रहने बताइएको छ । मेलामा हस्तकलाका वस्तुहरूको करिब १३० वटा स्टलहरू रहने छन् ।

मेलामा पाकिस्तान,बंगलादेशका व्यवसायीहरूको समेत स्टल रहनेछ । त्यस्तै हस्तकला प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार नगदसहित प्रमाणपत्र,द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजार रुपैयाँ नगद

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =