एसिसी यू-१९ एसिया कप

प्रतियोगितामा अगाडी बढ्न आज अफगानिस्तानलाई हराउनैपर्ने दबाबमा नेपाल

काठमाडौँ । एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले आज दोस्रो खेलमा अफगानिस्तानको सामना गर्दै छ । समूह ए अन्तर्गतको यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि दुबईमा सुरु हुँदैछ ।

समूह ए अन्तर्गतनै आज भारत र पाकिस्तानबीच पनि खेल हुँदैछ । यो खेल पनि बिहान ११: १५ बजेदेखि नै सुरु हुनेछ ।

शुक्रबारदेखि सुरु भएको यू-१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको थियो । त्यस्तै अफगानिस्तानले पनि भारतसँग हार बेहोरेको थियो । प्रतियोगितामा अगाडी बढ्न नेपालले आज अफगानिस्तानलाई हराउनै पर्ने अवस्था रहेको छ ।

भारत र पाकिस्तानले भने समूह ए मा आफ्ना पहिलो खेल जितेर यो खेल खेल्दै छन् । शनिबार सम्पन्न समूह बी का पहिलो खेलमा श्रीलंका र बंगलादेश विजयी भएका छन् ।  श्रीलंकाले जापानलाई र बंगलादेशले आयोजक युएईलाई पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + seven =