एसिसी यू-१९ एसिया कप
प्रतियोगितामा अगाडी बढ्न आज अफगानिस्तानलाई हराउनैपर्ने दबाबमा नेपाल
२०८० मंसिर २४ गते

काठमाडौँ । एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले आज दोस्रो खेलमा अफगानिस्तानको सामना गर्दै छ । समूह ए अन्तर्गतको यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि दुबईमा सुरु हुँदैछ ।
समूह ए अन्तर्गतनै आज भारत र पाकिस्तानबीच पनि खेल हुँदैछ । यो खेल पनि बिहान ११: १५ बजेदेखि नै सुरु हुनेछ ।
शुक्रबारदेखि सुरु भएको यू-१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको थियो । त्यस्तै अफगानिस्तानले पनि भारतसँग हार बेहोरेको थियो । प्रतियोगितामा अगाडी बढ्न नेपालले आज अफगानिस्तानलाई हराउनै पर्ने अवस्था रहेको छ ।
भारत र पाकिस्तानले भने समूह ए मा आफ्ना पहिलो खेल जितेर यो खेल खेल्दै छन् । शनिबार सम्पन्न समूह बी का पहिलो खेलमा श्रीलंका र बंगलादेश विजयी भएका छन् । श्रीलंकाले जापानलाई र बंगलादेशले आयोजक युएईलाई पराजित गरेको थियो ।
२०८० मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित








